
बाँके । बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सो पार्कमा पिकनिक गर्न र पार्क अवलोकन गर्न पुग्नेहरूको सङ्ख्या पछिल्लो समयमा निकै बढेका छन् ।
सो पार्क निर्माण भएको छोटो समयमा नै धेरै आन्तरिक पर्यटक त्यहाँ पुगेको र त्यहाँ पिकनिक गर्न जानेहरूको दिनदिनै ठुलो भिड देखिने गरेको लायन्स क्लबका पूर्व डिष्टिक गभर्नर सेमराज शाक्यले बताए । उनले लायन्स गाभरपार्कले स्थानीयको जीवन शैलीमा समेत परिवर्तन ल्याउन थालेको पनि बताए ।
लायन्स लोकल डेभलपमेन्ट कार्यक्रमअन्तर्गत २०७०/२०७१ देखि निर्माण सुरु गरिएको सो पार्क नेपालकै १०० औँ गन्तव्य भित्र पर्न सफल भएको छ । यसको सौन्दर्यीकरण तथा भौतिक पूर्वाधार निर्माण लायन्स क्लबले गराएको थियो । लायन्स गाभर पार्क निर्माण भएपछि गाभरमा होमस्टे समेतको व्यवस्था हुँदा स्थानीयले रोजगार प्राप्त गरी जीवन शैलीमै परिवर्तन भएको पार्क सञ्चालक समितिका सचिव तथा स्थानीय नारायण वलीले बताए ।
उनले पार्कमा वनभोज खान र प्रकृतिसँग रमाउने उद्देश्यले दैनिक सरदर जसो २०/२५ भन्दा बढी समूह विभिन्न जिल्लाबाट आउने गरेको बताए । सो पार्कलाई व्यवस्थित गर्नका लागि तारबार गर्न र भौतिक पूर्वाधारमा थप गर्न आफूहरू सक्रिय भएको पनि सचिव वलीले बताए । नेपालकै १०० औँ गन्तव्यमा पर्न सफल लायन्स गाभर पार्कमा वनभोज खाने र प्रकृतिसँग रमाउन पाइने भएको कारण आफूहरूको रोजाइको गन्तव्य भएको नेपालगन्ज ११ का जावेद राईले बताए । उनले पार्कको सौदर्यकरण र सरसफाइमा सधैँ यसरी नै ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए ।
सो पार्कमा घाँसे मैदान सफा गरी फूल तथा विभिन्न थरिका थप बिरुवा रोप्न आवश्यक रहेको राईको भनाइ छ । सो पार्कमा बाँकेलगायत बर्दिया, दाङ, सुर्खेतबाट पनि सर्वसाधारण आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको सो पार्कमा लायन्स क्लबले विभिन्न संरचना थप गर्दै गएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह