
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी विनिमयददर अनुसार अमेरिकी डलर र पाउण्ड लगायतको मूल्य बढेको छ भने युरोको मूल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२ रुपैयाँ १६ पैसा निर्धारण भएको छ । अघिल्लो दिन युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ८३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५९ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ सात पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।
यस्तै, साउथ कोरियन वन १०० कोे खरिदर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैया ५० पैसा रे कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २० पैसा र बिक्रीदर ४४२ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ २० पैसा र बिक्रीदर ३६० रुपैयाँ ७९ पैसा कायम गरेको छ ।
यस्तै ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ ९२ पैसा, बिक्रीदर ३५३ रुपैयाँ ४८ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह