
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी विनिमयददर अनुसार अमेरिकी डलरसँगै युरो र पाउण्ड मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ १४ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा रहेको थियो । यस्तै आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ४० पैसा र बिक्रीदर १७२ रुपैयाँ १६ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ २० पैसा र बिक्रीदर १५१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ३५ पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।
यस्तै, दक्षिण कोरियन वन १०० कोे खरिदर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैया ५२ पैसा रे कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९२ पैसा कायम गरेको छ । यस्तै ओमनी रियाल एकको खरिदर ३५२ रुपैयाँ ०५ पैसा, बिक्रीदर ३५३ रुपैयाँ ६१ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना