
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३१ दशमलव ४३ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार १.१९ प्रतिशतले घटेर २५९६ दशमलव ८२ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३५ अंकले घटेर ४४५ दशमलव ७७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबैको परिसूचकमा गिरावट आएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक राताम्य भएको दिन सेयर बजारमा पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ५५ हजार ९८९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज