
पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पथार्थ आयात भएको छ । यो नाकाबाट यो अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको हो ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए । ‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो’, उनले भने । गत आवको सात महिनाको अवधिमा भने १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको सात महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५ लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालु आवको सात महिनामा २२ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको २ लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड रुपैयाँ मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।













समाचार
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?