
काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानविय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ ।
यसै सिलसिलामा, समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरुबाट आमा तथा नवजात शिशुहरुलाई जोगाउन र यसको न्युािनकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।
यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालीका तथा वडा कार्यलयसंग समन्वय गरी करीब १०५० गर्भवती तथा सुत्केरी महीलाहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ।
शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महीलाहरुको स्वास्थकर्मीहरुद्धारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनिहरुलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवद्र्धक पौष्टिक खाध सामाग्रीहरु वितरण गरिएको थियो ।
बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ । सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।












समाचार
गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
अब नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने
मौद्रिक नीतिमा सेयर लगानीकर्ता संघको सुझाब
ब्रोकर र धितोपत्र बोर्ड अध्यक्ष भेटवार्ता : पूँजीबजार नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
साढे १९ प्रतिशतले बढ्यो पर्यटक आगमन
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
नेप्सेमा दुई हाइड्रोपावरको बोनस शेयर सुचिकृत
सेयर बजारमा एकल अंकको वृद्धि, कारोबार ४ अर्ब माथि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य