पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । पशुपती रिन्यूएबल्स लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले चौथो साधारणसभाको मिति घोषणा गरेको हो ।

सभा असोज ५ गतेका लागि बोलाइएको छ । उक्त सभा बालुवाटार प्यालेस व्यांक्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०८२/८३ को वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै आ.व. २०८२/८३ को खुद मुनाफाबाट चुक्ता पूँजीको करसहित १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८३/८४ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर