
दमौली । तनहुँमा धान उत्पादन बढेको छ । गत कात्तिकमा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/८२ मा ३३ हजार दुई सय ९२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष चार हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको परियारको भनाइ छ । चालु आर्थिक वर्षमा आठ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
गत आर्थिक वर्ष २०८०/८१ मा सात हजार छ सय ६७ हेक्टर क्षेफलमा धान खेती गरिएकामा २९ हजार दुई सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो । परियारले भने, ‘गत कात्तिकमा वर्षाका कारण तनहुँका नौ वटा पालिकाका ४४ दशमलब ६२ हेक्टर क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको थियो । तर समग्रमा जिल्लामा धान उत्पादन वृद्धि भएको छ ।’
तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।
जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५ सय १० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह