
काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई नायव प्रमुख कार्यकारी अधिकृतबाट वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो ।
ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर बाहिरिए पछि शुरूमा ज्ञवालीले नायब महाप्रबन्धक पदमा नबिल बैंकमा नियुक्ति लिएका थिए । २०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए ।
फेसबुक प्रतिक्रिया












समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’