
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगले कार्यकारी निर्देशकमा बढुवा गर्न बिज्ञापन खुल्ला गर्न सहमति प्रदान गरेको हो ।
लोकसेवा आयोग स्रोतका अनुसार बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राख्ने प्रस्तावलाई लोकसेवा आयोगले तत्कालको लागि अस्वीकृत गरिदिएको छ । आयोग स्रोतले प्राधिकरणमा तत्कालका लागि कार्यकारी निर्देशक र निर्देशकमा बढुवा गर्न मार्ग प्रसस्त गर्ने निर्णय भएको छ ।
लोकसेवाको निर्णयसँगै अब प्राधिकरणको पदपूर्ति समितिको बैठक बसेर नयाँ पदपूर्तिको निर्णय कार्यान्वयन हुनेछन् । बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ती छिट्टै गर्ने र सकेसम्म आफैले टीका लगाउने बताएका थिए । अध्यक्ष दाहालले उक्त प्रतिबद्धता जनाएको भोलिपल्टैबाट कार्यकारी निर्देशकको नियुक्ती प्रक्रिया सुरु गर्न लागिएको हो । प्राधिकरणमा हाल तीन जना निर्देशक रहेका छन् । अब तीन जना मध्येबाट एक जना कार्यकारी निर्देशक बन्नेछन् भने रिक्त निर्देशक पदहरु पूर्ति हुनेछ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन