
महोत्तरी । यहाँको बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहोर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए।
यसअघि फोहोर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो । हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका–१४ का निकेश खनालले बताए । बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेसिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका–८ मा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।
नगरपालिकाले उक्त कम्पनी सँग रु एक करोड २० लाखमा २० वर्षको सम्झौता गरेको छ । नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । सामान्य घर परिवारबाट रु ५० र होटल रेस्टुरेण्टबाट फोहरको परिमाणअनुसार बढीमा तीन हजार रुपैयाँ मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिए ।
हाल दैनिक छ टन फोहोर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । फोहोर प्रशोधन केन्द्र यही पुस ५ गतेबाट सञ्चालनमा ल्याइएको हो ।













समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सप्तरीबाट १४ सय किलो गाँजा बरामद
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
ब्राइटनसँग आर्सनलको हार
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
एनपीएलको खेल तालिका सार्वजनिक