
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको २२ हजार ८६० कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमध्ये संस्थापक सेयरधनी अन्जु चापागाई ढकालको स्वामित्वको १० हजार ६५९ कित्ता, ललित उपाध्याय बास्कोटाको स्वामित्वको १० हजार ९८२ कित्ता र चन्द्रकान्त भट्टराईको स्वामित्वको १ हजार २१९ कित्ता सेयर रहेको छ ।
यो सेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ३० गते कार्यालय सयमभित्र बैंकको कर्पाेरेट कार्यालय, विराटनगर, मोरङमा निवेदन दिनु पर्नेछ । साथै उक्त म्यादभित्र संस्थापकबाट शेयर खरिद नभएमा बाँकी वा सम्पूर्ण शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज