
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न ७ औँ वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्नका लागि सम्बन्धीत निकायमा आवेदन दिने निर्णय गरेको हो ।
काठमाडौँस्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न सभामा संस्थाको अध्यक्ष शान्ति देवी ढकालको अध्यक्षतामा वित्तीय विवरण स्वीकृत गर्ने तथा हकप्रद सेयर जारी गर्न सम्बन्धित निकायमा आवेदन दिने निर्णय गरिएको हो । सभामा संस्थाको मातृ संस्था महिला मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेले उपकार लघुवित्तको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिइन् । उनले महिला उपकार मञ्च सधैं संस्थाको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
त्यसैगरी, सर्वसाधारण सेयरधनी डिल्लेश्वर कार्कीले हाल लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै विशेष परिस्थितिमा पनि कर्मचारीहरूले पु¥याएको योगदानको मूल्यांकन गर्नुपर्ने धारणा राखे । सभामा अध्यक्ष शान्ति देवी ढकालले संस्थाको समग्र प्रगति विवरण प्रस्तुत गर्दै हालसम्मका उपलब्धि, वित्तीय अवस्था तथा आगामी योजनाबारे जानकारी गराएकी थिइन् । उनले संस्थालाई अझ सुदृढ, पारदर्शी र सेवामुखी बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो