
पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको साधारण सेयर सेयर (आईपीओ) आगामी बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको आईपीओ वैशाख ११ गते बिहीबार बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीको आईपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जुन कम्पनीले निष्काशन गरेको आईपीओको १९.०२ गुणाबढी हो । कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । यसरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।












समाचार
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै