
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस समीक्षा अवधिमा २ अर्ब ७२ करोड ९० लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ४ अर्ब ४३ करोड ६९ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको यसै अवधिको तुलनामा प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको मुनाफा घटेको छ ।
यस समीक्षा वर्षमा प्रभु इन्स्योरेन्स कम्पनीले मात्रै नाफा आर्जन गर्न सफल भएको छ । सबै निर्जीवन बीमा कम्पनीको नाफा घटेको समयमा यस कम्पनीले भने नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढेको छ ।
यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी घाटामा रहेका छन्। यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले १३ करोड १० लाख ७५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले १५ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
यस समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ४९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ११ करोड ७६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा १९ दशमलव ४६ प्रतिशतले घटेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको समीक्षा अवधिमा ३३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३६ दशमलव ५३ प्रतिशतले घटेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस समीक्षा अवधिमा ३२ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ७५ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ५६ दशमलव७५ प्रतिशतले घटेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ३१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा २२ दशमलव ३५ प्रतिशतले घटेको हो ।
नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा २८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ५७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५० दशमलव १९ प्रतिशतले घटेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १३ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ४५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७१ प्रतिशतले घटेको छ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ६१ प्रतिशतले घटेको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५९ प्रतिशतले घटेको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले यस समीक्षा अवधिमा ६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६४ प्रतिशतले घटेको हो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६२ प्रतिशतले घटेको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ४० लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले घटेको हो ।













समाचार
प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै
“सुजुकी पर्वोत्सव” – दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
एड्भान्स अटोमोबाइलले ल्यायो लक्जरी इभी ‘होङ्ची ई–एचएस४’, बुकिङ खुला
नयाँ टाटा पन्च इभीको भोलिबाट मूल्य एक लाख बढ्ने
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद
‘मलाई विगतदेखि नै न्यायालयले बचाएको छ, विशेष महाधिवेशनबाट पनि न्याय पाउनेछ: देउवा
‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
दैनिक ५०–६० सिलिन्डर खपत हुने होटलमा २०० सिलिन्डर मौज्दात अस्वाभाविक होइन : चेम्बर