
काठमाडौं । फ्लोरिकल्चर एोसिएसन नेपालको विशेष चुनावी साधारणसभाले राजेश भक्त श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि भएको निर्वाचनमा विवाद आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुनः निर्वाचन गर्न दिएको समयमै तदर्थ समितिले निर्वाचन गराएको हो । यसअघि अध्यक्षमा निर्वाचित भएका दिलिप बादेलाई ३ मतले पराजित गर्दै राजेश भक्त श्रेष्ठ अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा सुमन महर्जनले रामेश्वर बासीलाई, महासचिवमा हिरामणी शर्माले भोजराज तिमल्सिना र सचिबमा राजु तामाङले रामचन्द्र खड्कालाई पराजित गरेका थिए । कोषाध्यक्षमा राजकृष्ण बजगाईं निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, मन्दिर श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । फ्यानको नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ