
काठमाडौं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । सेयर कारोबार हुने साताको पहिलो दिन सेयर बजार परिसुचक ६९ दशमलव ८० अंकले बढेर बन्द भएको हो ।
आइतबार सेयर बजार परिसुचक २.६२ प्रतिशतले वृद्धि भएर २७२७ दशमलव ५८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ६५ अंकले बढेर ४५८ दशमलव ३७ विन्दुमा पुगेको छ । आइतबार १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा १२ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता १ लाख ३० हजार ९१३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व