
काठमाडौं । जनीवन बीमा कम्पनीहरुको व्यवसाय करिब ७७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ पुगेको हो ।
प्राधिकरणको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा कुल २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब २७ करोड दुई लाख रुपैयाँ र एलआइसी नेपालले ८ अर्ब १८ करोड १० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै