
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख ९७ हजार ९२ कित्ता बाँडफाँड गरिसकेको छ ।
कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो । यसमा सर्वसाधारणले आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । उक्त आईपीओमा आज बिहान १० बजेदेखि कात्तिक २३ गतेको बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना