
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको नाम सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।
स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको हो । आइतबार मात्रै बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहे ।
यसअघि दुई उम्मेदवार सन्तोषनारायण र मुक्तिनाथले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।
सिफारिस समितिबाट सिफारिस भएका तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ भने सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूमध्ये एक जनालाई नियुक्त गर्ने सम्भावना रहेको छ । धितोपत्र बोर्ड २०८० पुस २० देखि पूर्णकालीलन अध्यक्ष विहीन रहेको छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह