
स्याङ्जा । जिल्लाको वालि नगरपालिकाका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् ।
खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारीखेतीमा होमिएका हुन् । एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गरेका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । ‘समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु’, उनले भने, ‘कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ ।’ डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आएका छन् ।
उनले हाल झण्डै ६ रोपनी जमिनमा तरकारीखेती गर्दै आएका छन् । ‘तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा ६ लाख ५० हजार आम्दानी भयो’, उनले भने, ‘यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।’
स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उनले सुनाए । वालिङ–हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताए । डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहेका छन् ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल