
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा घरजग्गा कारोबार ९.४५ प्रतिशतले बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।
पुसमा देशभर ४७ हजार ४ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो अघिल्लो महिनाको तुलनामा ९.४५ प्रतिशतले बढी हो। मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।
घरजग्गा कारोबार बढेसँगै राजस्व पनि बढेको छ। पुसमा सरकारलाई ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। मंसिरमा भन्दा पुस महिनामा राजस्व १ अर्ब बढीले बढेको छ । गत पुसको तुलनामा यो वर्ष ४४ प्रतिशतले राजस्व बढेको छ। गत वर्ष पुसमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब २० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो।
अघिल्लो वर्षको पुसको तुलनामा यो वर्षको पुसमा घरजग्गा कारोबार ४.८६ प्रतिशतले बढेको छ। गत पुसमा देशभर ४५ हजार दुई सय ७५ संख्यामा घरजग्गा किनबेच भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको रूचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउँछन्।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू