
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सोही विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा ३६.२५ प्रतिशत घटेको हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेको कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ ।
९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा लघुवित्तले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै