
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीहरूलाई समयमा आईपीओ निष्कासन गर्न नदिँदा १ खर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले जानकारी दिएको छ । इप्पानले सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाइ गर्नु अख्तियारको दुरुपयोग मानिने भएको कारण समयमै आईपीओ निष्कासन गर्न नदिने सेबोनविरुद्ध अख्तियार जाने बताएको हो ।
‘समयमा आईपीओ जारी नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्छौँ,’ इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विगत २८ महिनादेखि जलविद्युत कम्पनीहरूको सेयर नियमित रूपमा निष्कासन नभएको र थोरै कम्पनीको मात्र जारी गर्न पाएको इप्पानको दाबी छ । हालसम्म ९७५ मेगावाट बराबरका ४३ कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति कुरिरहेका इप्पानले जानकारी दिएको छ ।
यसैगरी, ७ कम्पनीको राइट सेयर निष्कासन कुरिरहेका गरी ५० कम्पनीको समयमै सेयर जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्कासन हुन सकेको छैन भने यसको कारणले ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाउनु परेको इप्पानको दाबी छ । समयमा आईपीओ जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाख रुपैयाँ ब्याज रकम बढेको छ । यसैगरी, २४ अर्ब ३० करोड ६७ लाख रुपैयाँ लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ राजस्व आम्दानी गुमेको इप्पानको अध्ययनले देखाएको छ ।
‘विश्वमा कहीँ कतै अभ्यास नभएको र नेपालको कानुनमा समेत कहीँ कतै समावेश नभएको रियल नेटवर्थ भन्ने शब्द र त्यस्तो नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, युनिक्यू हाईडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएको छ । यसले समग्र ऊर्जा विकासमा गम्भीर समस्यासमेत देखिन थालेको छ,’ विज्ञप्तिमा भनिएको छ ।













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे