
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मुख्य प्रायोजक रहेको सिद्धार्थ बैंक लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५३.३६ प्रतिशतले घटेको हो ।
यो अवधिमा बैंकले ५३ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६३ करोड रुपैयाँ मुनाफा कमाएको थियो । चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशतले बढेर चार अर्ब १० करोड ३८ लाख रुपैयाँबाट चार अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ । साथै, खुद फि तथा कमिसन आम्दानी चाँही १८.६८ प्रतिशतले घटेर ७८ करोड रुपैयाँमा सीमित रहेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेर पाँच अर्ब २५ करोड ३३ लाख रुपैयाँ रहेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।
सिद्धार्थ बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह