
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा प्राइम कमर्सियल बैंकको नाफामा १४ प्रतिशतले कमी आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा नाफा १४.३४ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको नाफा १ अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको सञ्चालन नाफा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको खराब कर्जा समेत ४.०७ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । बैंकको चुक्तापुँजी १९ अर्ब ४० करोड हुँदा जगेडा कोषमा १० अर्ब ३१ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ रहेकोमा १९.२८ रुपैयाँमा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ १६२.६४ रुपैयाँमा पुगेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम