
काठमाडौं । डिजिटल वालेट “आइएमई पे” ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ। माघ २ गतेबाट सुरु भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा रु. ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
योजनामा नियमित ग्राहकहरुले “SAVE100” प्रोमोकोड राखेर रु. १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले “FIRSTFLY” प्रोमोकोड राखेर रु. ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन्। हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा “Have Promocode?” सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
“आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ”, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू