
गुल्मी । गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक रुपले प्रसिद्ध तीर्थस्थलका रुपमा परिचित छ । पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको रेसुङ्गा हरियाली दृश्य हेरेर पर्यटक रमाउने गर्छन् । धार्मिक तथा पर्यावरणले महत्त्व बोकेको रेसुङ्गालाई विभिन्न भौतिक संरचना निर्माण गरी चिटिक्क पारिएको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि रेसुङ्गा नगरपालिकाले गत वर्षदेखि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गरेको थियो । नगरपालिकाको यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरु रेसुङ्गा क्षेत्रमा घुम्न आउने गरेका छन् । रेसुङ्गामा रहेको महापोखरीको पवित्र जल स्नान गरी पुण्यलाभ लिई महापोखरीस्थित पशुपति शिवलाय, भोलेनाथ मन्दिर, माथि रहेका गरुडस्थान, रामकुवा, यज्ञशाला मन्दिर, राधाकृष्ण मन्दिर, सिद्धस्थान मन्दिर र विष्णुपादुका लगायतको दर्शन गरी भ्युटावरबाट तम्घासबजारसँगै छिमेकी जिल्लाका गाउँबस्ती र हिमालहरुको सुन्दर दृश्यावलोकन गरी भरपुर आनन्द लिन सकिन्छ ।
रेसुङ्गा क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । तम्घास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएकाले रेसुङ्गा पुग्ने पर्यटकलाई सवारीसाधनमा यात्रा गर्न सहज बन्दै गएपछि रेसुङ्गा पुग्ने धार्मिक पर्यटकको संख्यामा पनि समेत वृद्धि भएको छ । पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने उनले बताए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह