
काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई १२ वर्ष कदै सजाय ताकिएको छ । कोल्ड स्टोरका सञ्चालक रावललाई अपहरण गरेको मुद्दामा दोषी ठहर भएका दुर्गाबहादुर बुढाथोकीलाई १२ वर्ष कैद सजाय तोकिएको हो ।
सोले र कुमार भनेर चिनिने बुढाथोकीलाई उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र प्रकाश खरेलको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीशद्धयको ७ माघको इजलासले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरेको थियो । १४ माघमा सजाय निर्धारण भएको हो ।
उनलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गर्दै १० वर्ष कैद र थप २ वर्ष भन्दै १२ वर्ष कैद सजाय सुनाइएको हो । त्यसैगरी ७० हजार रुपैयाँ जरिवाना समेत सुनाइएको छ । यसअघि ५ असोज २०७८ मा बुढाथोकीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह