
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् । प्रधानता मिडियाद्वारा आज यहाँ आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उहाँले परराष्ट्रनीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राखेका हुन् ।
‘देशको परराष्ट्र नीति परिवर्तन हुँदैन तर कार्यान्वयन गर्ने क्रममा विधि र प्रक्रिया भने परिवर्तन हुन सक्छ । कूटनीतिमा अनुभव र सीप चाहिन्छ, त्यो नै महत्वपूर्ण विषय हो,’ पूर्वमन्त्री पाण्डेले भने । पछिल्ला वर्षमा कूटनीतिमा संस्थागत स्मरण शक्ति कमजोर भएको आरोप लगाउँदै उनले परराष्ट्र नीति देशको हुने भएकाले हाम्रो सामथ्र्यलाई बढाएर लैजानुपर्ने खाँचो औँल्याए । ‘पहिचान भनेको इतिहास, धर्म, संस्कृति र सोच हो, ती जोगाउनुपर्ने विषय हुन्,’ पूर्वसञ्चारमन्त्रीसमेत रहेका पाण्डेले भने ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा