
काठमाडौं । सोमबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३७ वटाको सेयर मूल्य घटेको छ भने ९७ कम्पनीको मात्रै बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २३ अंकले बढेर ४५९ दशमलव ६१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ६ वटाको सेयर मूल्य घटेको छ भने ७ वटाको सेयर मूल्य बढेको छ ।
परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने अघिल्लो दिनको भन्दा कमी आएको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोड माथिको कारोबार भएको बजारमा आज भने ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५३८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर १ लाख ११ हजार ९१८ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन