
मनाङ । सन् २०२५ को पहिलो महिना जनवरीमा जाडो तथा चिसोको पर्वाह नगरी ४६ देशका ६१८ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् । यस सिजनमा सबैभन्दा बढी मनाङ भ्रमण गर्नेमा छिमेकी राष्ट्र चीन परेको छ जसको संख्या १९९ रहेको छ भने दोस्रोमा अर्को छिमेकी मुलुक भारत रहेको छ जसको संख्या १०६ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङको तथ्यांकले देखाएको छ ।
तेस्रोमा दक्षिण कोरिया ७८ जना, चौथोमा जर्मनी २४ जना र पाँचौंमा २४ जना रहेका छन् । त्यसैगरी, छैटौंमा बङ्गलादेश (२४), सातौंमा अस्ट्रेलिया (२४), आठौंमा बेलायत (१९), नवौंमा नेदरल्यान्ड्स (१८) र दशौंमा अमेरिका (१४) रहेको छ । विभिन्न १६ मुलकबाट जनवरीमा जम्मा एक जना पर्यटक मात्र मनाङ पुगेको एक्यापको तथ्याङ्कमा देखिएको छ । मनाङ घुम्ने दुई जना पर्यटकको सूचीमा नौ वटा मुलुक रहेका छन् ।
न्युजिल्यान्ड र स्लोभिनियाबाट तीन जना पर्यटक मनाङ पुगेका छन् भने विभिन्न चार देशबाट चार जनाको दरले विदेशी पर्यटक मनाङ आएको तथ्यांकमा देखिन्छ । इटाली र जापानबाट पाँच जना पर्यटक मनाङ आउँदा बेल्जियमबाट छ जनाले मनाङ भ्रमण गरेका छन् । त्यसगरी, जनवरीमै रसिया र स्वीजरल्यान्डका आठ पर्यटक पनि मनाङ पगेका छन् ।
गत वर्षहरुमा खासै अफ सिजनमा विदेशी पर्यटकले मनाङ भ्रमण गर्दैनथे । जलवायु परिवर्तनका कारण हिउँ नपर्दा र हिउँदमा सडक मार्गको पहुँच बढ्दै जाँदा मनाङमा विदेशी पर्यटक पुग्ने गरेको एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । मनाङमा एक्यापले विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु