
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिक डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज एक अमेरिकी डलरेको बिक्रीदर १४० रुपैयाँ नाघेको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । त्यस्तै आज युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा पुगेको छ । आज स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ । त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा र बिक्रीदर ९ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १६ पैसा र बिक्रीदर ४ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ६७ पैसा र बिक्रीदर ९ रूपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।











समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज