
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा लाखमा समिति भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८९ लाखमा झरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने २ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६५.६९ प्रतिशतले घटेको हो । कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नाफामा दबाब परेको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १ करोड १८ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यससँगै गत आवमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख रुपैयाँ रहेकोमा चालु आवमा घटेर १ करोड २७ लाख रुपैयाँमा झरेको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालु आवमा ३४.७७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १२ करोड २३ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेकोमा चालु आवमा घटेर ५ रुपैयाँ ५६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा र निष्क्रिय कर्जा ४.८९ प्रतिशत छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू