
काडमाढौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ७३४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७३४.९८ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २ करोड ३२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको र कुल खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड १२ लाख रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४१.२६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड २० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८६२.६५ प्रतिशत बढेको छ भने कुल आम्दानी २३.७७ प्रतिशत बढेको छ । कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ३६.८६ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ६० पैसा बढेर १० रुपैयाँ ९ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.६५ गुणा रहेको छ । ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह