
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकसम्मको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा २३ करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २३ करोड १६ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको नाफा गत आवको सोही अवधिको भन्दा ५.४४ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो नाफा २१ करोड ९७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा नाफासँगै कम्पनीको जीवन बीमाकोषको आकारमा पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीको जीवन बीमाकोषको आधार १६ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी पुगेको छ । गत आवमा जीवन बीमाकोषको आधार ११ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
त्यसैगरी चालु आवमा कम्पनीको कुल आम्दानी समेत २०.९७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षका ६ महिनामा बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि चालु आवमा १८.७३ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको बीमाशुल्क आर्जन २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३ अर्ब ११ करोड रुपैयाँ नाघेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९५ करोड रुपैयाँ रहको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) ९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन