
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा १०६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १०६.६२ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको पुस मसान्तसम्मा २१ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आको सोही अवधिमा १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको सञ्चालन नाफा गत आवमा १४ करोड ८८ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३० करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ३५ करोड ३१ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ६६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा २४ करोड १५ लाख रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । कम्पनीको सञ्चित मुनाफा २४ करोड १५ लाख र जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले १६ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन र २२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा १९ रुपैयाँ २२ पैसा रहेकोमा चालु आवमा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा र निष्क्रिय कर्जा ३.०४ प्रतिशत रहेको छ ।













समाचार
म्याककलम इंग्ल्यान्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
हरित आयले बदलेको महिलाको दैनिकी
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
जनता एग्रोमा ५ करोड रुपैयाँ संस्थागत लगानी थपिने, पुँजी पुनः निर्धारण गरिने
आजको मौसम : मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना