
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा १४ करोड भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको हो ।
चालु आवको ६ महिनामा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २२.१४ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको यस्तो नाफा १८ करोड ३७ लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवमा कुल आम्दानी ९० करोड रुपैयाँ रहेकोमा चालु आवमा घटेर ८९ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ५१ करोड २३ लाख रुपैयाँ रहेकोमा चालु आवमा घटेर ५० करोड ८ लाख रुपैयाँमा कायम भएको छ । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा १२ रुपैयाँ १३ पैसा रहेकोमा चालू आवमा घटेर ९ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । गत आवमा कम्पनीको निर्जीवन बीमा कोषमा ४ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ४ अर्ब ९२ करोड रुपैयाँ नाघेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ९० रुपैयाँ ९४ पैसा रहेको छ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज