
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
यूके–नेपाल विजनेश फोरमले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर यूके विजनेश’ सत्रमा विशेष वक्ताको रूपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानूनी सुधारहरू गरेको जानकारी दिँदै यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भइरहेको बताए ।
यस्तै, द्विपक्षीय लगानी सम्झौता अर्को महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले यस सम्झौताले नेपाल र बेलायतबीचको विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्दै र व्यापारको सम्बन्धलाई सहज बनाउने धारणा राखे । नेपाल सम्भाव्यताले भरिपूर्ण देश भएको उल्लेख गर्दै उनले नेपालमा ऊर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार र स्वास्थ्य सेवा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गरे ।
‘महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन् । जसले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरेको छ । यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदार बेलायती व्यवसायीहरूलाई स्वागत गर्न तयार छौं’, अध्यक्ष ढकालले भने, ‘बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ पनि दिनेछ ।’
महासंघको पहलमा १० अर्ब रूपैयाँको पूँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्ताहरूसँग सहजीकरण गरेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीहरूका लागि सहजीकरण गर्न महासंघ सधैं तयार रहेको समेत बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू