शिखर इन्स्योरेन्सको साधारणसभा आज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारणसभा (आज) फागुन १३ गते बस्दैछ । सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर तिर्नका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ । साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले माघ ३० गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार