
गण्डकी । प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा पोखरामा तीनदेखि सञ्चालित त्रिदेशीय पर्यटन प्रदर्शनी नेपाल इण्डिया चाइना एक्स्पो (नाइस–२०२५) बुधबार सकिएको छ ।
छिमेकीमुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० बिक्रेता, ७० क्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता थियो ।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवको साथै नेटवर्किङ र व्यापार अवसर उपलब्ध गराएको जनाइएको छ । प्रदर्शनीले पोखरा यस्ता विशेष समारोह गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको पाटा नेपालका अध्यक्ष खेल लकाइले बताए । समग्र नेपालको पर्यटन प्रवर्द्धनमा प्रदशनी महत्त्वपूर्ण उपयोगी बनेको उनको भनाइ छ ।
प्रदर्शनीले ट्राभल ट्रेड सङ्गठनहरूबीचको सम्पर्क, छलफल गर्न र तीन देशको पर्यटन वृद्धि गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको पाटा नेपालका महासचिव नरेन्द्रदेव भट्टले बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा पहिलो पटक आयोजित त्रिदेशीय पर्यटन प्रदर्शनी समग्र पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण क्षण भएको बताए ।
प्रदर्शनीले पोखरालाई बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी आदि (माइस पर्यटन) का लागि आकर्षक गन्तव्यको रूपमा प्रबर्द्धन गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताए । ‘प्रदर्शनी पोखरासहित समग्र नेपालको पर्यटन प्रबर्द्धनमा महत्त्वपूर्ण बनेको छ’, उनले भने, ‘यसले विशेषतः पोखरालाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको विशिष्ट गन्तव्य हो भन्ने विषयलाई थप उजागर गरेको छ । प्रदर्शनीको सफलताले पर्यटनका थप सम्भावनालाई उजागर गरेको नेपाल वायुसेवा निगमका कर्पोरेट निर्देशक अनिल घिमिरे बताए ।
प्रदर्शनीले छिमेकी दुई ठूला राष्ट्र भारत र चीनबाट अधिकतम् पर्यटक भित्र्याउनका लागि पनि विशेष योगदान गरेको पर्यटन व्यवसायीले बताएका छन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह