
नुवाकोट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरु लाई प्राथमिकता दिने बताएका छन् । अंतरदेशिय पहुंच स्थापति गर्ने, बढ़ी जनसंख्यालाई लाभ हुने, गाऊ र शहर जोड़ने तथा उत्पादन र बजारलाई जोड़ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनले बताएका हुन् ।
शुक्रवार नुवाकोटमा एकै दिन दूई ओटा मोटरेबल पुलकों उद्घाटन पछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न आग्रह गरे । निर्माण कार्यमा हुने ढीलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दहालले तीनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघी बढ़ाउन सकिने बताए ।
गल्छि–मैलूं–श्याफ्रूवेशी सड़क, पासांगल्यामू राजमार्ग, मध्य पहाड़ी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए । अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघी बढ़ाउन गठन भएको जानाउदै उनले अहिलेको सरकारलाई काम नगर्न छुट नभएको बताए ।
विकाशलाई समृद्धिसँग जोड़ेर लेजान जरूरी रहेको बताएका दहालले विकासकों प्रभाव नागरिकको जीवनमा देखिनु पर्नेमा जोड़ दिए । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सड़क विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह