
काठमाडौं । भारत च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत अन्तिम दुईमा पुगेको हो ।
अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतीय टोलिले ६ विकेट गुमाएर ४८.१ ओभरमा पुरा ग¥यो । उसका लागि विराट कोहोलीले सर्वाधिक ८४ रनको पारी खेले । त्यस्तै श्रयस अयरले ४५ रन बनाए भने लोकेश राहुलले ४२ रनका नटआउट पारी खेले त्यस्तै हार्दिक पाण्ड्या र कप्तान रोहित शर्माले समान २८ रन बनाए भने अक्षर पट्टेलले २७ रन बनाए । अष्ट्रेलियका लागि एजम जाम्पा र न्याथम एलिसले समान २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभार ३ बलमा अलआउट हुँदै २६४ रन बनाएको थियो । उसका लागि कप्तान स्टेफन स्मिथले सर्वाधिक ७३ रनको योगदान दिए भने एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर टेभिस हेडले पनि ३९ रनको पारी खेले । भारतका लागि मोहमाद सामीले ३ विकेट लिए । त्यस्तै वरुण चक्रवती र रविन्द्र जडेजाले समान २ विकेट लिए ।
अब फाइनमा भारतले दक्षिण अफ्रिका र न्युजिल्याण्ड बीचको विजेतासँग खेल्ने छ ।













समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल