
काठमाडौं । क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाइन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाइन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो ।
क्याथे प्यासिफिक एयरलाइन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ र नेपालबीचको उडानलाई थप गरी दैनिक एक उडान भर्न लागेको जानकारी दिए । उनले नेपाल आउने तथा हङकङ हुँदै अन्य मुलुक जाने यात्रुलाई थप सुविधा प्रदान गर्नका लागि उडान थप गर्न लागिएको बताए ।
क्याथे प्यासिफिकले मंगलबार राति उत्कृष्ट कार्गो तथा ट्राभल कम्पनीलाई सम्मान गर्न आयोजित कार्यक्रममा मलेखुले कार्गो र ट्राभल कम्पनीको साथ र सहयोगका कारण आफूहरुले थप सेवा विस्तार गर्न सफल भएको बताए । कार्यक्रममा क्याथे प्यासिफिकका दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राइकारले क्याथेले सन् २०२५ मा थप नयाँ गन्तव्यमा उडान भर्ने गरी आफ्नो सेवा विस्तार गर्न लागेको बताए । उक्त एयरलाइन्सले आगामी २४ अप्रिलदेखि हङकङदेखि संयुक्त राज्य अमेरिकाको डलाससम्म उडान भर्न लागेको छ ।
जीएसए अमरावती ट्राभल्स प्रालिका अध्यक्ष सिद्धार्थशम्शेर जङ्गबहादुर राणाले क्याथेले आफ्नो सेवा थप गर्दा नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा राइजिङ स्टार कार्गो प्रालि, हिमालयन कार्गो, जिएमके कार्गो, सांग्रीला इन्टरनेशनल फेल्ट कार्गो र पायोनियर कार्गोलाई सम्मान गरिएको थियो ।
यस्तै, ट्राभल्स कम्पनीतर्फ ग्रीनल्याण्ड होलिडे, सिरिन ट्राभल, रुपाकोट इन्टरनेसनल ट्राभल, दाभिन्ची ट्राभल, सुमेघ ट्राभल, प्रभास ट्राभल एण्ड टुर्स प्रालि, सी लिंक्स ट्राभल्स एण्ड टुर्स प्रालि, सेभेन स्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्स प्रालि, वोन ट्राभल प्रालि र ओशो वर्ल्ड ट्राभल नेपाललाई सम्मान गरिएको थियो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह