
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आज (बुधबार) अन्तर्वार्ता हुँदैछ । सीईओको लागि १० जनाको आवेदन परेकोमा ५ जनालाई कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताका लागि बोलाइएको हो ।
अन्तर्वार्तामा बालाइएकाहरुमा पूर्ण प्रसाद आचार्य, हेमन्त बस्याल, नारद कुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाई रहेका छन् । उनीहरुको कार्ययोजना प्रस्तुती र अन्तर्वार्ता पछि सरकारलाई तीन जनाको नाम सिफारिस गरिने छ । त्यसमध्ये एक जनालाई मन्त्रिपरिषद्ले सीईओमा नियुक्त गर्ने छ । नेप्सेको सीईओ बन्नका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्छ । यस्तै चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति योग्य हुने छ ।
यस्तै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव पनि आवश्यक पर्छ । उच्च व्यवस्थापकीय तह भन्नाले सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको हुनुुपर्छ ।











समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै