
काठमाडौं । नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रियालाई थप सरलीकृत गरिएको छ। नयाँ व्यवस्था अनुसार, अब विदेशी लगानीकर्ताले विभिन्न शीर्षकमा आर्जन गरेको रकम फिर्ता लैजानका लागि इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरूबाटै सोझै विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरूलाई टेकेर ल्याइएको ‘विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति’ सम्बन्धी परिच्छेद-३ ले यो बाटो खुलाएको हो।
कुन-कुन रकम फिर्ता लैजान पाइन्छ?
सार्वजनिक भएको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले देहायबमोजिमका रकमहरू फिर्ता लैजान सटही सुविधा प्रदान गर्न सक्नेछन्:
१. विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम
२. विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश
३. उद्योग वा कम्पनी खारेजी (लिक्विडेसन) मा गएपछि सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहेको रकम
४. प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम (तर, शतप्रतिशत निकासी गर्ने बाहेकका मदिराजन्य उद्योगमा ट्रेडमार्क उपयोग बापतको रोयल्टीमा भने छुट्टै नियमावली लागू हुनेछ)
५. लिज लगानी अन्तर्गतको लिज भाडा (लिज रेन्ट) रकम
६. नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कानुनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त हर्ताना वा क्षतिपूर्ति बापतको रकम
७. विशिष्टीकृत लगानी कोष को इकाई बिक्री बापतको रकम र त्यसबाट प्राप्त मुनाफा (राष्ट्र बैंकले तोके बमोजिम)
८. प्रचलित कानुन बमोजिम फिर्ता लैजान पाउने अन्य रकमहरू













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने