
ताप्लेजुङ । ताप्लेजुङमा आगामी वैशाखमा सिरिजङ्घा पर्यटन महोत्सव आयोजना हुने भएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा पर्यटक भित्र्याउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको हो ।
सिरिजङ्घा गाउँपालिकाको आयोजनामा बैशाख १३ देखि १५ गतेसम्म तीन दिने पर्यटन महोत्सव हुने भएको हो । गाउँपालिकाले सदरमुकाम फुङ्लिङमा बुधबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ । जलवायु परिर्वतनले हिमालमा परेको असर र लोपोन्मुख हिमाली जीवजन्तुको अवस्था पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्दै पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
महोत्सवका माध्यममार्फत कञ्चनजङ्घा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्नमा टेवा पुग्ने अपेक्षासहित महोत्सव आयोजना गर्न लागिएको सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए । अध्यक्ष चौहानका अनुसार कञ्चनजङ्घामा पर्यटक सङ्ख्या वृद्धि गर्ने र सो क्षेत्रमा पाइने नाउर, हिमचितुवा, रेडपान्डा (हाब्रे), झारल, मुनाल, कस्तुरीजस्ता लोपोन्मुख जीवजन्तुको पहिचान गरी संरक्षण गर्नु पनि महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवलाई व्यवस्थित र थप आकर्षित गर्नेगरी आवश्यक तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताए । पर्यटन प्रवर्धन र विकासमा टेवा पु¥याउनेगरी साहसिक पदयात्रा, याक तथा चौंरी प्रदर्शनी, कञ्चनजङ्घा हाफ म्याराथन, कला साहित्य तथा सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमा राखिएको उपाध्यक्ष डा. माबोले जानकारी दिए ।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको कञ्चनजङ्घा क्षेत्रअन्तर्गत नै पर्ने नयाँ झोरेनीमा महोत्सव गरिने भएको छ । महोत्सवस्थल झोरेनी तीन हजार ३०० मिटरभन्दा उचाइमा पर्दछ भने साहसिक खुला हाफ म्याराथन चार हजार ५०० मिटरसम्मको उचाइमा आयोजना हुन लागेको पनि माबोले बताए । म्याराथनका विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः दुई लाख आठ हजार ५८६, एक लाख आठ हजार ५८६ र ५८ हजार ५८६ रुपियाँ पुरस्कार पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । आङ्देम्बेका अनुसार चौंरी याक प्रदर्शनीमा पनि प्रथम हुनेलाई २८ हजार ५८६ रुपियाँ र बाँकीलाई आठ हजार ५८६ रुपियाँका दरले सान्तवना पुरस्कार प्रदान गरिने छ ।
यता महोत्सवमा विभिन्न विदेशी पर्यटकलाई समेत सहभागिता गराउनेगरी समन्वय र सम्पर्क भइरहेको गाउँपालिका उपाध्यक्ष डा. माबोले जानकारी दिए । उनका अनुसार जलवायु परिवर्तनको असरबारे अध्ययन, अवलोकन, अनुगमन र साहसिक पदयात्रा भने बैशाख ५ गतेदेखि नै सुरु हुने छ । पत्रकार सम्मेलनमा महोत्सवको लोगो (प्रतीक चिह्न)समेत सार्वजनिक गरिएको छ ।













समाचार
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो