
काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड बनाएसँगै नेपाली बजारमा पनि सुनको मूल्यले रेकर्ड बनाएको हो ।
यस साताको बुधबार, छापावाल सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो। साताको पहिलो दिन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको दोस्रो दिन अर्थात सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, बुधबार सोही रेकर्डलाई तोड्दै पुनः नयाँ रेकर्ड बनाएको हो । बुधबार सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा सुन बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको थियो ।
शुक्रबार भने सुन तोलामा १ हजार रुपैयाँ घटेर १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस साता नेपाली बजारमा चाँदीको मूलय भने केही घटेको छ। आइतबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी, साताको अन्तिम कारोबार दिन १ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व