
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.०५ अंकले घटेर २५८२.७३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ८.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ।
आज ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर बिनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८ रुपैयाँ बराबर संकलन भएको छ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीको २३ करोड २० लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ३८ रुपैयाँ पुगेको छ । आज २४० कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, आज एक कम्पनीको सेयर मूल्य ४.५२ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व