
हाइनान। एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन २०२५ चीनको हाइनान प्रान्तको बोआओमा बिहीबार सुरु भएको छ । सन् २००१ मा स्थापित बिएफए एक गैरसरकारी र गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । यो क्षेत्रीय आर्थिक एकीकरणलाई वृद्वि गर्दै एसियाली देशहरूको विकासको लागि प्रतिबद्ध छ । मार्च २५ देखि २८ सम्म चल्ने यस वर्षको सम्मेलनको विषयवस्तु ‘परिवर्तनशील विश्वमा साझा भविष्यतर्फ एसिया’ भन्ने रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ उपप्रधानमन्त्री डिङ सुयाङले विगत एक दशकमा साझा भविष्यका साथ एसियाली समुदाय निर्माणमा उल्लेखनीय प्रगति भएको बताएका छन् । चीन र आसियानले रणनीतिक साझेदारी स्थापना गरी क्षेत्रीय आर्थिक साझेदारी लागु भएको उनले बताए । क्षेत्रीय आर्थिक एकीकरण सुदृढ भएको र विश्व अर्थतन्त्रमा एसियाको हिस्सा निरन्तर बढ्दै गएको उनले बताए ।
डिङले विश्वव्यापी चुनौतिहरूलाई सम्बोधन गर्न, एसियाली समुदाय निर्माण गर्न र एसियालगायत अन्य सम्बन्धित क्षेत्रको राम्रो भविष्य सिर्जना गर्न संयुक्त प्रयासको आह्वान गर्दै विश्वको बढ्दो अस्थिरता र अनिश्चिततालाई समेत उद्धृत गरेका छन्र ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो